नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन १–मध्यपहाडी लोकमार्ग अन्तरगत साकेला गाउँपाालिका–१ बाँझेच्यानडाडाँको सेखुवामा साउन १ गते ट्याक्टर दर्घटना गराई फरार बाँझेच्यानडाडाँका २८ वर्षीय सुरेन खत्री पक्राउ परेका छन् । मङ्गलबार मध्यन्ह साढे १२ बजे भोजपुरबाट दिक्तेल आउदै गरेको प्रदेश २–०१–००१ त २०१५ नम्बरको रित्तो ट्याक्टर दुर्घटना गराएर फरार भएका खत्रीलाई दुर्घटना भएको चार घण्टापछि पक्राउ गरिएको हो ।
उक्त घटनामा ट्याक्टरमा सवार बाँझेच्यानडाडाँका २१ वर्षीय जीवन देउजाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा बाँझेच्यानडाडाँ घर भएका १९ वर्षीय सहचालक रोशन कटवाल घाइते भएका छन् । उनको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको छ । रित्तो ट्याक्टर अनियन्त्रित भई सडक भन्दा ३० मिटर तल झरेको थियो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख पुरुषोत्तम खड्काका अनुसार खत्रीलाई अपरान्ह साढे चार बजेतिर पक्राउ गरिएको हो । यो घटनामा संलग्न थिए, थिएनन् भन्ने अनुसन्धानपछि खुल्ने डिएसपी खड्काको भनाई छ । ‘दुर्घटना गराउने चालक भनेर पक्राउ त गरिएको छ, तर उनले चलाएका थिए, थिएनन् भन्ने बारेमा चाहिँ एकीन भइसकेको छैन,’ खड्काले भने–‘अनुसन्धान सकेपछि खुल्छ ।’
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित