एसइइमा मौका परीक्षा दिने विद्यार्थीका लागि निःशुल्क ट्युसन कक्षाको उद्घाटन

  • प्रकाशित मितिः असार ३१, २०८१
  • 897 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार ३१एसइइमा मौका परीक्षा दिने विद्यार्थीका लागि सञ्चालन गरिएको निःशुल्क ट्युसन कक्षाको उद्घाटन गरिएको छ । अखिल क्रान्तिकारी खोटाङ र एकीकृत अखिल शिक्षक संगठनको संयुक्त आयोजनामा असार २७ गते सुरु गणित विज्ञान र अग्रेजी विषयको निःशुल्क ट्युसन कक्षाको असार ३१ गते नेकपा माओवादी केन्द्र खोटाङका सहइन्चार्ज सुरेश राईले उद्घाटन गरेका हुन् ।


विद्यार्थीहरू शिक्षाबाट बन्चित नहोस् भन्ने उद्देश्यले निःशुल्क ट्युसन कक्षा सञ्चालन गरिएको अखिल क्रान्तिकारी खोटाङका संयोजक डार्विन चाम्लिङले बताए । ‘सबैको छेरा–छोरी अखिल क्रान्तिकारी’ भन्ने मुल नाराका साथ निःशुल्क ट्युसन कक्षा सञ्चालन गरिएको चाम्लिङले सुनाए । उनका अनुसार साउन १९ गतेसम्म सञ्चालन हुने ट्युसन कक्षामा एसइइ मौका परीक्षा दिन पाउने जिल्लाभरका करिब ८० जना विद्यार्थी सहभागी भएका छन् । उक्त कक्षामा दक्ष तथा अनुभवी शिक्षकबाट कक्षा सञ्चालन गरिएको चाम्लिङको भनाई छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित