नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार ३१–शहीद दिलकाजी–इन्दिरा २३ औं स्मृति दिवस मनाइएको छ । दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठानको आयोजनामा असार ३१ गते दिक्तेल अस्पतालमा उपचाररत विरामीहरूलाई फलफूल वितरण गरेर स्मृति दिवस मनाइएको हो ।
तत्कालीन नेकपा माओवादीका नेता दिलकाजी कार्की र उनकी श्रीमती इन्दिरा कार्कीलाई २०५९ असार ३१ सेनाले हत्या गरेको थियो । तत्कालीन नेकपा माओवादीको पूर्वी ब्युरो सदस्य तथा जिल्ला सेक्रेटरी दिलकाजी र जिल्ला सदस्य इन्दिरालाई सिम्पानीमा पक्राउ गरी टुवाखोलामा ल्याएर हत्या गरेको थियो । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाडाँमा २०२३ साउन ३१ गते जन्मिएका दिलकाजी र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाडाँमा २०३० चैत ५ गते जन्मिएका इन्दिराको दुई छोरी र एक छोरा छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित