नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार ३०–हलेसीमा पर्यटक सहायता प्रहरी पोष्ट स्थापना गरिएको छ । हलेसीमा आउने वाह्य तथा आन्तरिक पर्यटकलाई सहजीकरण, सुरक्षा लगायतका अन्य सहयोग गर्न असार ३० गते हलेसी तुवाचुङ नगरपालिकाकी प्रमुख विमला राईले पर्यटक सहायता प्रहरी पोष्ट उद्घाटन गरेकी हुन् ।
प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको व्यवस्थापनमा प्रदेश प्रहरीबाट तालिम प्राप्त गरी यसका लागि दक्ष जनशक्ति उत्पादन गरेरै पर्यटक सहायता प्रहरी पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख पुरुषोत्तम खड्काले बताए । उक्त पर्यटक सहायता प्रहरी पोष्टमा प्रहरी नायव निरीक्षकको कमाण्डमा तीन जना प्रहरी खटाइएको खड्काले बताए ।
पर्यटक प्रहरीले पर्यटकीय स्थलहरूमा गस्ती तथा पेट्रोलिङ गर्ने, पर्यटकका लागि आवश्यक सूचना दिने, सूचना आदान–प्रदान गर्ने, पर्यटकीय स्थलमा पर्यटकहरूको सुरक्षा गर्ने, समस्यामा परेका पर्यटकलाई सहयोग गर्ने, पर्यटकहरूबाट आएका उजुरी, निवेदन छानविन तथा कारबाही गर्ने, विना इजाजतका गाइड गर्नेहरूलाई कारबाही गर्ने लगायतका काम गर्न पर्यटक सहायता प्रहरी पोष्ट स्थापना गरिएको डिएसपी खड्काले सुनाए ।
त्यस्तै फौजदारी अपराध सम्वन्धमा सम्वन्धित दुताबासहरूसंग सम्पर्क राखी स्थानीय प्रहरी मार्फत आवश्यक कारबाही गर्ने, होटल तथा ट्राभल, टे«किङ र ¥याफ्टिङ एजेन्सीहरूको निरीक्षण, समझदारी, अध्ययन गरी प्रतिवेदन तयार गर्ने, पर्यटकीय क्षेत्रमा कुनै अभद्र व्यवहार, अश्लिल तथा अवान्छित गर्नेलाई नियन्त्रणमा लिई कारबाहीका लागि सम्वन्धित ठाउँमा पठाउने लगायतका काम पनि पर्यटक सहायता प्रहरी पोष्टमा कार्यरत प्रहरी कर्मचारी गर्ने डिएसपी खड्काको भनाई छ । हलेसी लगायत कोसी प्रदेशमा सोलुखुम्बु र झापाको काकडभिट्टामा पर्यटक सहायता प्रहरी पोष्ट स्थापना गरिएको खड्काको भनाई छ । डिएसपी खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नगरउपप्रमुख रमेशकुमार राउत, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की लगायत जनप्रतिनिधिहरू, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू लगायत सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, माघ ९–दुर्गाजयन्ती राई चिर�... ... ...
सविना अछामे–खोटाङ, माघ ९–विद्यार्थी नेता प्रत�... ... ...
सविना अछामे–खोटाङ, माघ ६–माओवादी केन्द्र युवा ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ५–‘मुन्दु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ५–दिक्तेल र�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित