खोटाङ–ओखलढुङ्गा राष्ट्रसेवक कर्मचारी सम्पर्क मञ्च तदर्थ समिति गठन

  • प्रकाशित मितिः असार ३०, २०८१
  • 949 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
ओखलढुङ्गा, असार ३०–ओखलढुङ्गामा कार्यरत खोटाङका कर्मचारीहरूको हितका लागि खोटाङ–ओखलढुङ्गा राष्ट्रसेवक कर्मचारी सम्पर्क मञ्च तदर्थ समिति गठन गरिएको छ । ओखलढुङ्गामा असार ३० गते भएको खोटाङे कर्मचारीहरूको भेलाले गणेशबहादुर कार्कीको संयोजकत्वमा उक्त तदर्थ समिति गठन गरिएको हो ।
समितिको सहसंयोजक बाबुराम आचार्य, सचिव एलिना आचार्य, सहसचिव डम्बर राई, कोषाध्यक्ष महेश खड्का, सहकोषाध्यक्ष गुना राई छनौट भएका छन् । त्यस्तै सदस्यहरूमा सनम पोखरेल, सुरेन्द्र बन्जरा, कल्याण खड्का, दिनेश खत्री, नवराज वास्तोला, सन्तोष लम्साल, मणिचन्द्र राई, कौशल आचार्य, रमेशकुमार पौडेल, सुस्मा आचार्य, कोपिला आचार्य, लक्ष्मी आचार्य, लेखनाथ दाहाल, सृजना आचार्य र प्रमेश अधिकारी छन् ।
उक्त समितिले खोटाङ स्थायी घर भई ओखलढुङ्गामा कार्यरत तथा नयाँ नियुक्तिका लागि पोष्टिङ भएकाहरूलाई स्वागत तथा ओखलढुङ्गाबाट अन्यत्र सरुवा भएका कर्मचारीलाई विदाइ (फेरि भेटौला) कार्यक्रम लगायतका कर्मचारी हितका लागि विभिन्न गतिविधि गरिने नव गठित समितिका संयोजक गणेशबहादुर कार्कीले बताए ।



प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित