जन्तेढुङ्गामा महिलालाई जबरजस्ती करणी गरेको आरोपमा बृद्ध पक्राउ

  • प्रकाशित मितिः असार २९, २०८१
  • 841 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार २९–महिलालाई बलात्कार गरेको आरोपमा एक बृद्ध पक्राउ परेका छन् । जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङस्थित छुप्लुङका ६२ वर्षीय बलवीर राई पक्राउ परेका हुन् ।
असार २६ राती २९ वर्षीया महिलालाई बलात्कार गरेको जानकारीपछि असार २७ गते पक्राउ गरी असार २८ गते जिल्ला प्रहरी कार्यालय दिक्तेलम पठाइएको चिसापानीस्थित प्रहरी निरीक्षक राजु निरौलाले बताए । उनका अनुसार पीडित महिलालाई पनि स्वास्थ्य परीक्षणका लागि दिक्तेल पठाइएको छ । यातायातको सहज पहुँच नभएकाले दिप्रुङ चुइचुम्मा गाउँपालिकासम्म हिडाएर त्यसपछि गाडी मार्फत दिक्तेल ल्याइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताए ।
घटनाको बारेमा जाहेरी आइसकेको र दर्ताको प्रक्रिया रहेको डिएसपी खड्काले बताए । ‘जाहेरी पनि आइसकेको छ, दर्ता प्रक्रियामा छ,’–खड्काले भने । स्थानीयले भने घटना मिलापत्रको कोसिस भइरहेको गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित