जनपथ र सशस्त्र प्रहरीलाई कम्प्युटर तालिम (भिडियो सहित)

  • प्रकाशित मितिः असार २६, २०८१
  • 539 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, असार २६–जनपथ तथा सशस्त्र प्रहरीमा कार्यरत कर्मचारीहरूलाई आधारभूत कम्प्युटर तालिम दिइएको छ । हिमालयन आइटी इन्स्टीच्युटले ४५ दिने निःशुल्क आधारभूत कम्प्युटर तालिम दिएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङ तथा सशस्त्र प्रहरी बल हलेसी गुल्म मातहतका १५ जनालाई दिइएको तालिम असार २६ गते समापन भएको हो । जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले समापन गरेका हुन् ।


जनपथका सात र सशस्त्रका आठ जनाले तालिम लिएको आयोजक हिमालयन आइटी इन्स्टीच्युटले जनाएको छ । उक्त कार्यक्रमको अवसरमा प्रशिक्षक रामबाबु ठाकुर, घरेलु तथा साना उद्योग विकास कार्यालय खोटाङका प्रमुख भेषराज खत्रीलाई सम्मान गरिएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्का, सशस्त्र प्रहरी बल हलेसी गुल्मका प्रहरी नायव उपरीक्षक कृष्णबहादुर बम, खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन आचार्य, घरेलु तथा साना उद्योग कार्यालय खोटाङका प्रमुख भेषराज खत्री लगायतले धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित