सविना अछामे–
खोटाङ, असार २५–एसइइमा मौका परीक्षा दिन पाउँने विद्यार्थीका लागि निःशुल्क ट्युसन कक्षा सञ्चालन हुने भएको छ । अखिल क्रान्तिकारी खोटाङ र एकीकृत अखिल शिक्षक संगठनको संयुक्त आयोजनामा गणित विज्ञान र अग्रेजी विषयको निःशुल्क ट्युसन कक्षा असार २७ गतेबाट सञ्चालन हुने भएको हो ।
विद्यार्थीहरू शिक्षाबाट बन्चित नहोस् भन्ने उद्देश्यले निःशुल्क ट्युसन कक्षा सञ्चालन गरिएको अखिल क्रान्तिकारी खोटाङका संयोजक डार्विन चाम्लिङले बताए । ‘सबैको छेरा–छोरी अखिल क्रान्तिकारी’ भन्ने मुल नाराका साथ निःशुल्क ट्युसन कक्षा सञ्चालन हुन लागेको चाम्लिङले सुनाए । उनका अनुसार साउन १९ गतेसम्म सञ्चालन हुने ट्युसन कक्षामा एसइइ मौका परीक्षा दिन पाउने जिल्लाभरका विद्यार्थी सहभागी हुन पाउने छन् । उक्त कक्षामा दक्ष तथा अनुभवी शिक्षकबाट कक्षा सञ्चालन हुने चाम्लिङको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित