आज कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

  • प्रकाशित मितिः असार २५, २०८१
  • 545 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
काठमाडौं, असार २५–आज कोशी, मधेश, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू–भागको एक, दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहेको विभागले जनाएको छ ।
कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
आज राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहनेछ । कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । साथै कोशी प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित