नमस्ते खोटाङ संवाददाता–
उदयपुर, असार २५–उदयपुरको त्रियुगा नगरपालिका–१५ खाँबु तोरीबारीमा पहिरोले पुरिएर एक बालिकाको ज्यान गएको छ । असार २५ गते विहानको पहिरोले पुरिएर ८ वर्षीया रूपकला मगरको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय उदयुरका डिएसपी राजन चापागाईँका अनुसार घरमाथिबाट झरेको पहिरोले घर पुर्दा उनको मृत्यु भएको हो । उनकी आमा ३० वर्षीया हिराकुमारी मगर घाइते भएकी छन् ।
उक्त ठाउँमा करिब १५–१६ घर जोखिममा परेको चापागाईँको भनाई छ । उनका अनुसार जोखिममा परेकाहरूलाई अन्यत्र सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ । चापागाईँका अनुसार बिहान सात बजेतिर घटनाबारे प्रहरीलाई जानकारी आएको र प्रहरी घटनास्थलतर्फ खटाइएको हो । मृतकको शव पोष्मार्टमका लागि गाईघाट ल्याइदै गरेको र घाइतेलाई पनि अस्पताल ल्याइदै गरेको चापागाईँको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १९–भिरबा�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित