सविना अछामे–
खोटाङ, असार २३–अविरल वर्षाले खोटाङका कच्ची सडकहरू बिग्रिएपछि जिल्लाका ग्रामीण सडकहरू सञ्चालन हुन सकेका छैनन् । केही दिनदेखिको अविरल झरिले अधिकांश स्थानीय तहका ग्रामीण सडकहरू हिलाम्य भएपछि सञ्चालन हुन नसकेको हो ।
जन्तेढुङ्गा गाउँपालिका, बाराहापोखरी गाउँपालिका, खोटेहाङ गाउँपालिकाको कच्ची सडकहरू हिलाम्य भएपछि सञ्चालन हुन सकेको छैन । केपिलासगढी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका लगायतका ग्रामीण क्षेत्रहरूमा पनि झरिले बाटो हिलाम्य हुदा बस पठाउँन नसकिएको खोटाङ यातायात प्रालि खोटाङका महासचिव रामकुमार हिङ्माङको भनाई छ ।
यसबाहेक सगरमाथा लोकमार्ग दिक्तेल–गाइघाट सडक पनि अबरुद्ध छ । यसले जिल्लाबाट तराई जान र तराईबाट जिल्ला आउन समस्या भएको छ । जिल्लाका केही ठाउँहरूमा पहिरो तथा रुखले ग्रामीण सडकहरू अवरुद्ध गरे पनि स्थानीय र प्रहरीले खुुलाएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता टिका बरालको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित