नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार २३–अविरल झरिका कारण दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मामा एक घर भत्किएको छ । झरिकै कारण टेम्माको एक्ले बरस्थित जगबहादुर मगरको घर असार २२ गते (अघि राती) भत्किएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काका अनुसार ढुङ्गा–माटोले बनेको तीन तले घर चुहिएर गाह«ो भिजेर भत्किएको हो । अगाडि पट्टीको दाहिने भाग पूरै लडेको र पछाडिको बाँया भाग समेत चर्किएको डिएसपी खड्काले बताए । यसबाट मगरको करिब दश लाख बराबरको क्षति भएको डिएसपी खड्काको भनाई छ । उनको सात जना परिवार करिब सय मिटर परको गुवालीमा सरेको डिएसपी खड्काले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–जिल्लाक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित