नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार २२–पहिरोले हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका अस्तजित राईको घर क्षति पु¥याएको छ । लगातारको झरिले असार २२ गते विहान ५ बजे घरमुनिबाटको पहिरोले तान्दा क्षति पुगेको हो ।
प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काका अनुसार मानवीय क्षति नभए पनि करिब चार लाख बराबरको क्षति भएको छ । पहिरोले घरमा क्षति पु¥याएको जानकारी आउन साथ च्यास्मिटारस्थित प्रहरी चौकीबाट प्रहरी घटनास्थल पुगेको खड्काको भनाई छ । जिल्लामा बाढीबाट ८५ र पहिरोबाट चार सय ३९ घरधुरी अति जोखिममा परेको प्रहरीको सर्वेक्षणले देखाएको छ । यसमध्ये बाढीबाट ८५ घरधुरीको ३२० जना र पहिरोबाट चार सय ३९ घरधुरीको एक हजार सात सय ६१ जना उच्च जोखिममा परेको प्रहरीको सर्वेक्षण प्रतिवेदनले देखाएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित