खोटाङ बुइपाको यलम्बर रङ्गशालामा प्रदेशस्तरीय महिला फुटबल हुने

  • प्रकाशित मितिः असार १८, २०८१
  • 206 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, असार १८–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित यलम्बर रङ्गशालामा असार–२० देखि २५ गतेसम्म कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता हुने भएको छ । कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास बोर्डको २० लाख सहयोग तथा जिल्ला खेलकुद विकास समिति खोटाङको संयोजनमा प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता हुने भएको हो ।
विजेताले दुई लाख र उपविजेताले एक लाख नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा बेष्ट गोलकिपर, बेष्ट डिफेण्डर, बेष्ट मिडफिल्डर, बेष्ट फरवार्ड, उदयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई जनही तीन हजार र बेष्ट प्लेयर अफ द टुर्नामेन्ट र हाई स्कोररलाई जनही पाँच हजार सहित ट्रफी प्रदान गरिने जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष रमेश राईले असार १८ गते दिक्तेलमा आयोजित पत्रकार सम्मेलनमा बताए ।
प्रत्येक खेलको म्यान अफ द म्याचलाई जनही दुई हजार सहित मेडल र प्रमाणपत्र दिइने छ । प्रतियोगिताका लागि विभिन्न जिल्लाबाट आउने खेलाडीलाई गाडी भाडा र खाना तथा बस्नको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा करिब ४२ लाख खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता गराउन प्रदेश सरकारको बजेटले मात्रै नपुग्ने भएकाले खोटाङका स्थानीय तहहरूलाई समेत सहयोगको मागिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित