नमस्ते खोटाङ संवाददाता-
खोटाङ, फागुन ३०–विभिन्न पालिकाहरुमा कर्मचारी नहुदा सेवाग्राही मारमा परेका छन् । विभिन्न बाहनामा कर्मचारीहरुले पालिका छाडेपछि सेवाग्राही मारमा परेका हुन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेखा पाण्डे केसी एक सातादेखि कार्यालयमा छैनन् । तालिमका लागि एक साताअघि नगरपालिका छाडेकी पाण्डे नहुदा कार्यसम्पादनमा समस्या भएको नगरपालिकाका राजनीतिक सल्लाहकार कमल ढकालले बताए । नगरपालिकामा कर्मचारी भए पनि अनुगमन तथा अन्य कार्यक्रमहरुमा सहभागी हुदा कार्यालयमा कर्मचारी नियमित नहुदा काममा समस्या आएको सेवाग्राहीहरुको गुनासो छ ।
जन्तेढुङ्गा गाउ“पालिकाका कर्मचारीहरु भने बुधबार कार्यालय समयमा विहे खान भनेर कार्यालयनै रित्तो पारेर निस्किएपछि सेवाग्राहीलाई मार परेको स्थानीय युवा बद्री किरातीले बताए । गाउ“पालिका प्रमु्ख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाई“ सरुवा भएर गएकाले काम नहुदा समस्या आएको जन्तेढुङ्गा गाउ“पालिका अध्यक्ष शंकर राईले बताए ।
दिप्रुङ चुइचुम्मामा कर्मचारी नै नआएकाले काम समस्या भएको गाउ“पालिका अध्यक्ष भूपेन्द्र राईले बताए । उनका अनुसार दरबन्दी अनुसारको १७ मध्ये पा“च जना कर्मचारीले गाउ“पालिका धान्नु परेको छ । मन्त्रालयले नै कर्मचारी नपठाएपछि समस्या आएको अध्यक्ष राईले सुनाए ।
त्यस्तै ऐसेलुखर्क गाउ“पालिकाका कार्यकारी सहित जनप्रतिनिधि समेत काममा काठमाडौं गएपछि सेवाग्राही मारमा परेका छन् । त्यसो त उक्त पालिकामा कर्मचारी अपूरो हुदा समस्या छ । १७ कर्मचारी हुनु पर्नेमा गाउ“पालिकाले नियुक्ति गरेको सहित ११ जना मात्र कर्मचारी भएको ऐसेलुखर्क गाउ“पालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १५–खोटाङ र भ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–जन्तेढु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–चैत १५ गत... ... ...
खोटाङ, चैत १४–जन्तेढुङ्गा गाउँपालिकामा बाँसबाट... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १२–दिप्रुङ �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित