सविना अछामे–
खोटाङ, असार १८–खोटाङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका ५९ महिनासम्मका सबै बालबालिकालाई विभिन्न १३ प्रकारका खोप लगाइसकेपछि असार १८ गते जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
जिल्लाका ५९ महिनाभित्रका नौ हजार तीन सय तीन जना बालबालिकालाई विभिन्न १३ प्रकारका खोप लगाइसकेपछि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका हुन् ।
जिल्लास्थित स्थानीय तहहरूलाई पूर्ण खोप सनिश्चितता घोषणा गरिसकेपछि जिल्लालाई समेत पूूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा एक हजार दुई सय ५९, हलेसी तुवाचुङ नगरपालिकामा एक हजार आठ सय ८४, ऐसेलुखर्क गाउँपालिकामा आठ सय ९९, रावाबेसी गाउँपालिकामा सात सय २६, केपिलासगढी गाउँपालिकामा तीन सय ९९, साकेला गाउँपालिकामा छ सय ६१, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा आठ सय ९४, खोटेहाङ गाउँपालिकामा एक हजार ४३, जन्तेढुङ्गा गाउँपालिकामा सात सय ६४ र बाराहापोखरीमा सात सय ७४ जना बालबालिकाले सबै प्रकारका खोप पाएपछि पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ ।
साकेला गाउँपालिकालाई जेठ ४ गते, हलेसी तुवाचुङ नगरपालिकालाई जेठ ११ गते, रावाबेसी गाउँपालिकालाई जेठ २० गते, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकालाई जेठ २१ ग्ते, खोटेहाङ गाउँपालिकालाई जेठ २८ गते, केपिलासगढी गाउँपालिकालाई जेठ ३० गते, ऐसेलुखर्क गाउँपालिकालाई जेठ ३१ गते, बाराहापोखरी गाउँपालिकालाई असार ४ गते, जन्तेढुङ्गा गाउँपालिकालाई असार ५ गते र दिप्रुङ चुइचुम्मा गाउँपालिकालाई असार १३ गते पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको स्वस्थ्य कार्यालय खोटाङका प्रमुख जीवन चौलागाईले बताए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, फागुन २–गैरसरकारी संस्था म�... ... ...
सविना अछामे–खोटाङ, फागुन १–नेकपा माओवादीका उप�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन १–दिक्ते�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २९–खोटेहाङ �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २९–अहिलेको �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित