छात्रा बलात्कारको विरोधमा दिक्तेलमा प्रदर्शन (भिडियो सहित)

  • प्रकाशित मितिः असार १८, २०८१
  • 115 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, असार १८–वैज्ञानिक समाजवादी विद्यार्थी संगठनले छात्रा बलात्कारको विरोधमा असार १८ गते प्रदर्शन गरेको छ । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित ज्योति माविकी १३ वर्षीया छात्रालाई उक्त विद्यालयकै शिक्षक ५८ वर्षीय शम्भुप्रसाद घिमिरेले बलात्कार गरेको घटनाको विरोधमा प्रदर्शन गरेका हुन् ।
दिक्तेलको भवन गैराबाट सुरु गरेको जुलुस दिक्तेल बजार परिक्रममा गर्दै किरातचौक पुगेर कोणसभामा परिणत भएको थियो । उक्त बलात्कारका घटनामा संलग्न शिक्षक घिमिरेलाई गत असार १५ गते पक्राउ गरी १६ गते पा“च दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित