नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार १७–जन्तेढुङ्गा गाउँपालिकाको चिसापानी बजारमा अलपत्र परेको ढलानको काम सकिएको छ । २५ लाख रूपैयाँको बजेटमा एक सय मिटर ढलानको काम बि एण्ड बि निर्माण सेवाले ठेक्का लिएको ढलानको काम सकिएको हो ।
कोसी प्रदेश अन्तरगत शहरी विकास तथा भवन कार्यालय ओखलढुङ्गा मार्फत उक्त निर्माण कम्पनीले ठेक्का लिएको थियो । २०८१ असार १५ गतेभित्र सक्ने गरी २०८० चैत २५ गते संझौता गरेको थियो । उक्त निर्माण सेवाले नै ठेक्का लिएको चिसापानी बजारस्थित ढल निर्माणको काम पनि सकेको छ । पाँच लाख रूपैयाँको बजेटमा २०८१ असार १० गतेभित्र सक्ने गरी २०८० चैत २५ गते नै संझौता गरेको थियो । उक्त निर्माण कम्पनीले दुवै काम सकेको जन्तेढुङ्गा गाउँपालिका उपाध्यक्ष खेमबहादुर खड्काले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३०–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३०–खोटाङमा �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २८-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २७–दिक्तेल �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित