तीन दिनदेखि बेपत्ता बृद्ध मृत फेला

  • प्रकाशित मितिः असार १७, २०८१
  • 637 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, असार १७–तीन दिनदेखि बेपत्ता बृद्ध मृत फेला परेका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका ७२ वर्षीय डिलशेर राई असार १६ गते मृत भेटिएका हुन् ।
गत सुक्रबार पञ्चदोबाटो बजार गएको राई घर नफर्किएपछि खोज्ने क्रममा पञ्चदोबाटो खोल्सीमा बाटोभन्दा अन्दाजी २५ मिटरतल घोप्टो परेको अवस्थामा असार १६ गते विहान १० बजे फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक टिका बरालले बताए । ‘पञ्चदोबाटो बजारबाट मासु लिएर घर हिड्नु भएको रहेछ ।’ बरालले भने–‘घर नआएपछि खोज्ने क्रममा उहाँकै छोरीले फेला पार्नु भयो ।’
मृतकको शव जिल्ला अस्पतालमा ल्याएर सोमबार पोष्टमार्टम गरिएको बरालले सुनाए । मृतकका छोराहरू देश बाहिर भएकाले आएपछि दाहसंस्कार गर्ने जानकारी दिएको बरालको भनाई छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित