१३ वर्षीया छात्रा बलात्कार आरोपमा पक्राउ परेका शिक्षकलाई पाँच दिनको म्याद थप

  • प्रकाशित मितिः असार १६, २०८१
  • 150 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार १६–१३ वर्षीया छात्रालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका शिक्षकलाई पाँच दिनको म्याद थप गरिएको छ । असार १५ गते पक्राउ परेका हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित ज्योति माविका शिक्षक ५८ वर्षीय शम्भुप्रसाद घिमिरेलाई असार १६ गते पाँच दिनको म्याद थप गरी अनुसन्धान बढाइएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काका अनुसार जिल्ला अदालतमा पाँच दिनको म्याद थपेर अनुसन्धान बढाइएको हो । बालिका गर्भवती भएको थाहा पाएपछि स्थानीयले प्रहरीमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित