नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार १५–१३ वर्षीया छात्रालाई बलात्कार गरेको अभियोगमा एक शिक्षक पक्राउ परेका छन् । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित ज्योति माविका शिक्षक ५८ वर्षीय शम्भुप्रसाद घिमिरे असार १५ गते पक्राउ परेका हुन् ।
स्थानीयका अनुसार बालिका गर्भवती भएको र छलफलमा बोलाउँदा समेत घिमिरे नआएपछि प्रहरीमा जानकारी गराइएको हो । घटनामा संलग्नलाई पक्राउ गरिए पनि पीडितको गोपनीयताका कारण विस्तृत विवरण भने नखुलाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताए । ‘पीडितको गोपनीयताका कारण विस्तृत विवरण दिन मिल्दैन,’ डिएसपी खड्काले भने–‘भोलि आइतबार म्याद थप गरेर अनुसन्धान बढाउछौं ।’
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३०–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३०–खोटाङमा �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २८-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २७–दिक्तेल �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित