नमस्ते खोटाङ संवाददाता-
खोटाङ, फागुन २९–पहिले–पहिले त वनझ्याक्रीले बच्चा लैजान्छ भन्ने कथा सुन्न पाइन्थ्यो । त्यतिबेला बालबच्चा गायव हुने र केही समय/दिनपछि जीवितै फेला परेका कयौं कथा सन्न पाइन्थ्यो । भर्खरै एउटा यस्तै घटना भयो । तर यो तथ्य नखुल्न सक्छ, यो युगमा यो घटना तथ्य सावित हुन सक्दैन । त्यसैले यही कथालाई आधार बनाएर कुनै अपराधिले बच्चालाई जङ्गलमा छाडेको हुन सक्छ । दिप्रुङ चुइचुम्मा गाउ“पालिका–७ टेम्माका १९ महिने बालक एवान भने २३ घण्टापछि फेला परेका छन् । फागुन २८ गते बिहान करिब साडे दश बजे घरैबाट हराएको बालक २३ घण्टापछि जङ्गलमा फागुन २९ गते फेला परेका हुन् ।
घरभन्दा करिब दुई किलोमिटर टाढा भस्लुङपाखामा विहान साडे नौ बजेतिर फेला परेका हुन् । उत्तीस घारीभित्र का“डाघारीभित्रको पत्करमा फेला परेको बच्चा भेटिएको खोजीमा संलग्न स्थानीय पञ्चु राईले बताए । बच्चाको कम्बरमुनि का“डाले कोरिएको, गाला कोरिएको, सिगानमा पत्करको कणहरु टासिएको अवस्था फेला परेको राईले सुनाए । टेम्मास्थित हात्तीसारका राजकुमार मगर र सपना मगरका १९ महिने छोरा एवान मगर सामान्य हिड्न मात्र सुरु गरेका छन् । जङ्गलको बीचमा पत्कर थुप्रिएको ठाउ“मा फेला परेका हुन् । यो घटना रहस्यमय भएकाले यसबारे अनुसन्धान भइरहेको खोटाङका डिएस्पी राजकुमार केसीले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १६–खोटाङ से�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १५–खोटाङ र भ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–जन्तेढु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–चैत १५ गत... ... ...
खोटाङ, चैत १४–जन्तेढुङ्गा गाउँपालिकामा बाँसबाट... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित