दिक्तेलमा मोबाइल पत्रकारिता तालिम

  • प्रकाशित मितिः असार १३, २०८१
  • 218 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, असार १३– दिक्तेलमा सञ्चारकर्मी तथा अन्यलाई मोबाइल पत्रकारिता तालिम आयोजना गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आयोजना र रेडियो खोटाङको समन्वयमा असार १३ गतेदेखि (२५ घण्टे) तालिम आयोजना भएको हो ।
जिल्ला समन्वय समिति खोटाङको हलमा आयोजित तालिममा सञ्चारकर्मी, शिक्षक, व्यवसायी लगायत २० जना सहभागी रहेको रेडियो खोटाङका अध्यक्ष खिलन राईले बताए । डिजिटल प्रविधिको उपयोग गरी समाचार संप्रेषण गर्न सीप विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको राईले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित