सविना अछामे–
खोटाङ, असार ११–मानवअधिकारको क्षेत्रमा काम गर्ने संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) खोटाङले असार ११ अर्धवार्षिक समीक्षा गरेको छ । उक्त संस्थाले प्रकाशन गर्ने मानव अधिकार र सामाजिक न्यायको निम्ति नेपालमा मानव अधिकार वर्ष पुस्तक २०२५ को अर्धवार्षिक समीक्षा गरेको हो ।

उक्त पुस्तकमा समावेश गरिएका मानवअधिकार उलङ्घनका घटनाको बारेमा समीक्षा गरिएको हो । जिल्ला प्रशासन कार्यालय खोटाङमा भएको समीक्षा कार्यक्रममा सन २०२४ जनवरीदेखि हालसम्म ३७ वटा मानवअधिकार उलङ्घनका घटना भएको उल्लेख गरिएको छ । यसअन्तरगत बलात्कार प्रयास १, घरेलु हिंसा ७, महिला हिंसा १०, अभद्र व्यवहार १० वटा मानवअधिकार उलङ्घटनका घटना समेटिएको उल्लेख गरिएको छ । यसमा ४ वर्षीया बालिकादेखि ७० वर्षीया महिला पीडित बनेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) खोटाङका प्रतिनिधि तारानाथ फुयालले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित