दिक्तेल रूपाकोट मझुवागढीको ९८ करोड ९४ लाख ४२ हजार र हलेसी तुवाचुङ नगरपालिकाको ८२ करोड २८ लाख ३३ हजार बजेट प्रस्तुत

  • प्रकाशित मितिः असार ११, २०८१
  • 96 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार ११–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले आगामी २०८१/८२ का लागि ९८ करोड ९४ लाख ४२ हजार ९ सय ९५ रूपैयाँको बजेट तथा कार्यक्रम पारित गरेको छ । असार १० गते सम्पन्न ११ औं नगरसभाले शिक्षा, कृषि तथा पर्यटन, स्वास्थ्य लगायतलाई प्राथमिकतामा राखेर उक्त बजेट तथा कार्यक्रम पारित गरेको हो ।
अर्गानिक नगर अभियानलाई निरन्तरता दिदै केरा खेती प्रबद्र्धन, कफि खेती प्रबद्र्धन, रैथाने बाली संरक्षण, कृषि कर्जा, बाली तथा पशु बीमा, प्याज तथा बेसारमा आधारित बाली, बीउ विजन वितरण, चिस्यान केन्द्र सञ्चालन, घुम्ति पशुस्वास्थ्य शिविर, पशु महामारी नियन्त्रण, तेलहन बाली प्रबद्र्धन, मौरी पालन कार्यक्रम, उन्नत खाद्यान्न बालीको बीउ, दूधमा आत्म निर्भर हुन गाई भैसी पकेट तथा श्रोत केन्द्र सञ्चालन, पशुमार्फत स्वरोजगार प्रबद्र्धन, फलफूल प्रशोधन केन्द्र, कृषि तथा पशु क्षेत्रको उत्पादन लगायतमा तीन करोड ४३ लाख बजेट विनियोजन गरिएको छ ।
सिंचाइँ अन्तरगत खेतीयोग्य जमिनमा बाह«ैमास सिंचाइँ सुविधा पु¥याउँन प्रदेश र संघीय सरकारको साझेदारीका लागि तीन करोड विनियोजन गरिएको छ । समग्र शिक्षामा ४१ करोड ४२ लाख, स्वास्थ्यमा सात करोड ७४ लाख ६१ हजार लगायतका अन्य विभिन्न योजनाहरूका लागि नगर उपप्रमुख विसन राईले बजेट प्रस्तुत गरेका हुन् ।
त्यस्तै हलेसी तुवाचुङ नगरपालिकाले खानेपानी, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । असार १० गते भएको १५ औं नगरसभामा नगर उपप्रमुख रमेशकुमार राउतले ८२ करोड २८ लाख ३३ हजार तीन सय रूपैयाँको बजेट तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
राउतका अनुसार पानीलाई एक करोड ८६ लाख ५० हजार, पूर्वाधार विकासमा ६ करोड ४६ लाख ३० हजारको बजेट प्रस्तुत गरिएको छ । कृषि, उद्योग, सिंचाइँ दुई करोड २ लाख रूपैयाँको बजेट प्रस्तुत गरिएको राउतले बताए । उक्त बजेट तथा कार्यक्रम आगामी २७ गते पारित गरिने राउतको भनाई छ ।
जन्तेढुङ्गा गाउँपालिकाले शिक्षा, कृषि, पशु, स्वास्थ्यलाई प्राथमिकता दिदै ४२ करोड २५ लाख आठ हजार सात सय ११ रूपैयाँको बजेट प्रस्तुत गरेको गाउँपालिका उपाध्यक्ष खेमबहादुर खड्काले बताए ।
साकेला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३१ करोड २२ लाख अनुमानित बजेट प्रस्तुत गरेको छ । असार १० गते उपाध्यक्ष बिर्सिका राईले प्रस्तुत गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित