सविना अछामे–
खोटाङ, असार ११–दिक्तेल बजारका सडक किनारमा राखिएका निर्माण सामाग्री तथा पसलका सामान हटाउन सुरु गरिएको छ । सवारी आवागमनमा असर पुग्ने गरी निर्माण सामग्री र पसलका सामान सडक छेउमा राख्दा सवारी जोखिम बढ्नुका साथै बजार नै कुरुप भएकाले हटाउन सुरु गरिएको हो ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश राईले बजारको सडक किनारामा राखेका सामानहरू नियमित रूपमा हटाउने बताएका छन् । नगर प्रहरी प्रमुख प्रभु चाम्लिङले नगरको बजारबासीलाई सडक किनारामा सामान नराख्न अनुरोध गर्दै यसलाई निरन्तरता दिने बताए ।
व्यवसायीहरूले भने व्यापारमा असर परेको बताएका छन् । बजारमा फोहरको डङ्गुर थुप्रिदा समेत नउठाउने नगरपालिकाले सडक पेटीमा राखिएको व्यापारिक सामान हटाउनु अव्यवहारिक भएको उनीहरूको गुनासो छ । तर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश राईले भने नियमित रूपमा फोहर उठाइरहेको दाबी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित