कोदो : स्वास्थ्यका लागि उपयोगी

  • प्रकाशित मितिः फाल्गुन २९, २०७५
  • 1222 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, असोज २९–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं–६ नेर्पा, ११ पाथेका र १२ खार्मीको सिमानामा पर्ने बगरेभन्ज्याङमा कृतिम तालको सिलान्यास भएको छ । उक्त सिलान्यास प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले फागुन २२ गते गरेका हुन् । 
उक्त कार्यक्रममा प्रदेश सभा सदस्य रामकुमार राई, पूर्व सभासद दुर्गाजयन्ती राई, जिल्ला समन्वय समिति सदस्य बबि चाम्लिङ लगायतको सहभागिता थियो । समुद्री सतहको करिव १८ सय मिटरको उचाईमा पर्छ । पर्यटन प्रबद्र्धनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले निर्माण गर्न सुरु गरेको हो । यसका लागि दुई करोड ५७ लाख बजेट खर्च हुने छ । यसले एक सय ८० मिटर लम्बाई र एक सय ५० मिटर चौडाईको ताल निर्माण हुने निर्माण उपभोक्ता समितिका अध्यक्ष भोगेन राईले बताए । यो ताल तीन वर्षभित्र सकिने राईले सुनाए । नगरपालिकाको क्रमागत योजना अन्तरगत यस आर्थिक वर्षमा ५४ लाख बजेट बिनियोजन गरिएको छ । यहा“ पानीको श्रोत नभए पनि वर्षाद्को पानी जम्मा गरेर ताल बनाइने छ । यसका लागि पर्खाल निर्माण सुरु भइसकेको छ । उक्त पर्खाल करिब दश मिटर अग्लो हुने छ । उक्त ताल करिब सात मिटरको गहिरो हुने प्राविधिकले जनाएको छ । यसको वरिपरि फलामे ट्रष्टहरु समेत निर्माण गरिने छ । चारैतिर जङ्गल छ । यहा“ डुङ्गा शयर गर्न मिल्ने गरी संरचना निर्माण गरिने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए ।
यो ताल धार्मिक तथा पर्यटकीयस्थल भुलभुलेको शिरमा पर्ने भएकाले भुलभुले–बगरेभन्ज्याङ पदमार्ग निर्माण गरिने उपभोक्ता समितिले जनाएको छ । यो दिक्तेलबाट करीब नौं किलोमिटर पूर्वमा पर्छ । ताल निर्माणपछि यसको आसपासमा पानीको स्रोत समेत बढ्ने अपेक्षा गरिएको नगरप्रमुख रिजालले सुनाए । यसको आसपासमा  लालीगुरास, चा“प, सुनाखरी लगायतका विभिन्न जडिबुटीहरु पाइन्छन् । सालक, मृग, हरिण, घोरल, खरायो लगायतका वन्यजन्तु समेत यसक्षेत्रमा अवलोकन गर्न सकिन्छ । यसबाहेक कालिज, प्युरा, मलेवा, ढुकुरजस्ता चराहरु समेत देख्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित