नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार ७–दिक्तेल बजारमा असार ७ गते अनुगमन गरिएको छ । दैनिक उपभोग्य वस्तु अखाद्य भइसक्दा पनि बेचबिखन भइरहेको गुनासो आएपछि अनुगमन गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय, नगरपालिका, घरेलु, पशु, उद्योग वाणिज्य संघ लगायतको टोलीले संयुक्त रूपमा अनुगमन गरेको हो । अनुगमनको क्रममा फलफूल, तरकारी, माछा, मासु पसलमा खान अयोग्य भइसकेको वस्तु फेला परेको दिक्तेल रूपाकोट मझुवागढी नगर प्रहरी इन्चार्ज प्रभु चाम्लिङले बताए ।
अनुगमनको क्रममा तीन वटा माछा पसल दर्ता नगरिएको, फोहर ठाउँमा माछा राखेको, तरकारी तथा फलफूल पसलमा कुहिएको फलफूल तथा तरकारी फेला परेको, मासु पसलमा खान अयोग्य रागाको मासु फेला परेको अनुगमन टोलीले जनाएको छ । तरकारी, फलफूल, माछा, मासु पसलमा फेला परेका सडे गलेका वस्तु जफत गरी सम्वन्धित व्यवसायीलाई प्रशासनमा बोलाएर कानुनी प्रावधानहरू नियमन गर्न सुझाएको जिल्ला प्रशासन कार्यालय खोटाङका प्रशासकीय अधिकृत हिराधन राईले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित