सविना अछामे–
खोटाङ, असार ६–दलित समुदायको जीवनस्तर उकास्न व्यवसाय सञ्चालनका लागि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले उपकरण वितरण गरेको छ । नगरक्षेत्रभित्रका दलित समुदायको जीवनस्तर उकास्नका लागि असार ६ गते विभिन्न प्रकारका उपकरण वितरण गरिएको हो ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राईका अनुसार उत्पादनमा उपमेयर कार्यक्रम अन्तरगत स्थानीयको दश प्रतिशत र नगरपालिकाको ९० प्रतिशत गरी दश लाख रूपैया“को बजेटबाट विभिन्न उपकरण वितरण गरिएको हो । कम्वाइन मिल सात थान, आरन मेसिन १२ थान, वेल्डिङ मेसिन सात थान, मिनिटिलर चार थान, हाते ट्याक्टर तीन थान, टेलर मेसिन चार थान, कम्युटन एक थान र प्रिन्टर एक थान वितरण गरिएको उपप्रमुख राईले बताए ।
नगरपालिकाले उपकरण दिएपछि लाभान्वितहरूले खुसी व्यक्ति गरेका छन् । ‘हामीलाई उपकरणको खा“चो थियो,’ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका केशवबहादुर पुर्कुटी सार्कीले भने–‘नगरपालिकाले आवश्यकता पूरा गरेकोमा धन्यवाद छ ।’
दलित समुदायको समस्यालाई पहिचान गरी नगरपालिकाले उपकरण उपलब्ध गराएकोप्रति खोटाङ दलित विकास मञ्चका अध्यक्ष परशुराम विश्वकर्माले धन्यवाद ज्ञापन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, बैशाख १७–दिक्तेल रूपाकोट म�... ... ...
सविना अछामे–खोटाङ, बैशाख १७–खोटेहाङ गाउँपालि�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–अदालत�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १०–दिक्त�... ... ...
सविना अछामे–खोटाङ, बैशाख ९–हलेसी तुवाचुङ नगरप�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित