खोटाङमा ट्राफिक सप्ताह, लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको सप्ताहव्यापी कार्यक्रम सुरु (भिडियो सहित)

  • प्रकाशित मितिः असार ६, २०८१
  • 761 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, असार ६–दिक्तेलमा ट्राफिक सप्ताह, लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ । खोटाङस्थित जिल्ला प्रशासन, जिल्ला प्रहरी र ट्राफिक प्रहरीको संयुक्त आयोजनामा असार ६ गते उक्त सप्ताहव्यापी कार्यक्रम सुरु भएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङ परिसरबाट सुरु भएको प्रभातफेरी दिक्तेलस्थित किरात चौकमा पुगेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपािलकाका उपप्रमुख बिसन राई र जिल्ला प्रसासन कार्यालय खोटाङका प्रमुख जिल्ला अधिकारी शिबकुमार कार्कीले सप्ताहव्यापी कार्यक्रमको उद्घाटन गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राईले प्रहरीको कामप्रति प्रशंसा गर्दै नागरिकको हितका लागि एक आपसमा सहकार्य हुनु पर्नेमा जोड दिएका छन् ।
ट्राफिक सप्ताहको अवसरमा विभिन्न ठाउ“हरूमा ट्राफिक नियम, लागू औषध दुरुपयोग तथा अवैध ओसार पसारसम्वन्धी साताभर सचेतनामुलक कार्यक्रम गरिने प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए ।
कार्यक्रममा प्रहरी निरीक्षक टिका बरालले प्रहरीले सञ्चालन गरेको विभिन्न कार्यक्रमहरूको बारेमा जानकारी गराएका छन् । ट्राफिक इन्चार्ज ज्ञानेन्द्र कार्कीले ट्राफिक सप्ताहको अवसरमा विभिन्न कार्यक्रम गर्ने बताए ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष नवराज राई, खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङ लगायतले धारणा राखेका थिए । कार्यक्रममा जनप्रतिनिधिहरू, नेपाल पत्रकार महासंघ खोटाङ शाखाका अध्यक्ष दिलीप खत्री, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू, विभिन्न गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, महिला जनप्रतिनिधिहरू, महिला अधिकारकर्मी, यातायात व्यवसायी बुद्धिविनोद लुइटेल, यातायात स्वतन्त्र मजदुर संगठनका रन्जन खड्का लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित