सविना अछामे–
खोटाङ, असार ५–जेष्ठ नागरिक जिल्ला संघ खोटाङले असार ५ गते जनचेतना मुलक तथा सांस्कृतिक कार्यक्रम गरेको छ । जेष्ठ नागरिकहरूको अधिकारको बारेमा जानकारी, स्वास्थ्य सचेतना तथा मनोरञ्जन दिने उद्देश्यले जिल्ला समन्वय समिति खोटाङको समीक्षालय हलमा उक्त कार्यक्रम गरिएको हो ।
कार्यक्रममा जिल्ला अस्प्ताल खोटाङका चिकित्सक सिद्धार्थ गौतमले स्वास्थ्यसम्वन्धी सचेतना दिलाएका छन् । जेष्ठ नागरिकहरूको जीवन शैली, खानपान, औषधी सेवन, शारीरिक व्यायम लगायतका विषयमा जानकारी गराएका हुन् ।
जिल्ला प्रहरी कार्यालय खोटाङकी प्रहरी नायव निरीक्षक कोपिला भुजेलले जेष्ठ नागरिकसम्वन्धी कानुनको बारेमा जानकारी गराएकी छन् । कार्यक्रमको प्रमुख अतिथिको जिल्ला समन्वय समिति खोटाङका सदस्य तथा जेष्ठ नागरिक जिल्ला संघका पूर्वअध्यक्ष दुर्गा घिमिरे, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका महिला तथा बालबालिका शाखाकी निर्मला आचार्य लगायतले धारणा राखेका छन् । कार्यक्रममा संगीनी, भजन, गीत तथा नाँच प्रस्तुत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित