मझुवागढी क्षेत्रको अवैध ढुङ्गा खानी अझै रोकिएन

  • प्रकाशित मितिः फाल्गुन २८, २०७५
  • 1133 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, फागुन २८–मझुवागढी आसपास अवैध रुपमा सञ्चालन गरिएको ढुङ्गा तथा गिटी खानी अझै रोकिएको छैन । यसले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको धार्मिक तथा पर्यटकीय मझुवागढी क्ष्ँेत्रमा पर्ने कालिका भगवती मन्दिर, बुद्धेश्वर गुफा र किरात ऐतिहासिक मझुवागढी संकटमा परेको छ ।
ढुङ्गा–गिटी खानी सञ्चालनमा एक्साभेटर प्रयोग गरिएकाले त्यसको कम्पनले पानीको मुहान समेत सुकेको स्थानीयको भनाई छ । यसक्षेत्रमा विभिन्न व्यक्तिले करिब दुई दर्जन बढी अवैध रुपमा खानी सञ्चालन गरिएका छन् । एक्साभेटर प्रयोगले पानी सुकेपछि मझुवागढी आसपासका स्थानीय बसाई सरेको समेत स्थानीयले मिलन कसजुले बताए । पानीको मुहान सकेपछि पानी अभावमा स्थानीय बसाइ सरेका छन् । स्थानीयका अनुसार मझुवागढी आसपासमा एक्साभेटर प्रयोग गरेर ढुङ्गा खानी सञ्चालन गर्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा चार वटा पानीका मुहान सुकेका छन् । स्थानीय नेत्र कटवालका अनुसार का“डेधारा, कालीमाटी, जुकेपानी बोजिनी खोला लगायतको पानीको मुहान सकेको हो । पानी सुकेपछि का“डेगाउ“मा सात घरपरिवार बसाइ सरेका छन् । 
कसजुका अनुसार का“डेगाउ“का सात घर पानी अभावले बसाइ सरेका हुन् । उनका अनुसार तेजबहादुर कार्की, गङ्गाबहादुर कार्की, गङ्गा कार्की, लालबहादुर कार्की, कर्णबहादुर कार्की, अम्बरबहादुर कार्की र नेत्रबहादुर कार्की बसाइ सरेका हुन् ।
यहा“ बसोबास गर्ने अन्यले घण्टौं लगाएर पानी बोक्नु पर्ने वाध्यता छ । यहा“का १९ घर परिवारले अन्यत्रबाट घण्टौं लगाएर पानी बोक्नु परेको स्थानीयले बताएका छन् । आफूहरुले पिउदै गरेको पानीको मुहान सुकेपछि स्थानीय गोरुमैदे भन्ने ठाउ“बाट पानी ओसार्नु परेको स्थानीय नेत्र बटवालले बताए ।
एक्साभेटर प्रयोग गरेर अवैध रुपमा ढुङ्गा खानी सञ्चालन गर्दा पानीको मुहान सुकेको र पानी व्यवस्थापनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा अनुरोध गर्दा समेत बेवास्ता गरिएको कटवालले सुनाए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका वडा अध्यक्ष डिल्ली राईलाई समेत अनुरोध गर्दा बेवास्ता गरेको स्थानीय मिलन कसजुले सुनाए ।
अवैध खानी सञ्चालन भएको चौतर्फी गुनासोपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजाल नेतृत्वको टोलीले सोमबार विहान अनुगमन गरेको छ । अवैध रुपमा सञ्चालन गरिएका खानीहरु रोक्न पटक–पटक चेतवनी दिदा समेत अटेर गरेकाले कारबाहीका लागि कानुनी प्रक्रियाका बढाउने तयारी गरिएको नगरप्रमुख रिजालले सुनाए । 

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित