पत्रकार राजकुमार भट्टराई पुरस्कृत

  • प्रकाशित मितिः असार ४, २०८१
  • 662 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, असार ४–पत्रकार राजकुमार भट्टराई पुरस्कृत भएका छन् । रावाबेसी गाउ“पालिका–१ कुभिन्डे दम्कु राईटोलस्थित इन्द्रेणी सेवा समाजले नरबहादुर–सन्तलक्षी राई पुरस्कारबाट भट्टराई पुरस्कृत भएका हुन् ।
असार ३ गते आयोजित नरबहादुर–सन्तलक्षी कोष स्थापनाको अवसर पारेर भट्टराईलाई पुरस्कृत गरेको हो । उक्त कार्यक्रममा दुई लाख ५० हजार रूपैया“को अक्षयकोष स्थापना गरिएको जानकारी दिइएको छ ।
भट्टराईलाई गाउ“, समाज तथा समग्र जिल्लाको चौतर्फी क्षेत्रका यथार्थ समाचारहरू सम्प्रेषण गर्दै सुचना तथा सञ्चारको हकलाई सम्पुर्ण सरोकारवालामाझ पु¥याउन खेलेको भूमिकाको कदर गर्दे सम्मान गरिएको हो । भट्टराईलाई वडाअध्यक्ष गेहेन्द्र राई, वडा सदस्य विशाल राईले नगद चार हजार रूपैया“ सहित सम्मान पत्र प्रदान गरेका हुन । रूपाकोट खबरडट, गोरखापत्र जिल्ला संवाददाताको रूपमा क्रियाशील पत्रकार रावाबेसी गाउ“पालिका– ६ हौंचुरबासी हुन् । उनी २०७५ सालदेखि पत्रकारितामा क्रियाशील छन् ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित