खोटाङ यातायात प्रालिको गाडी छुट्ने समय परिवर्तन

  • प्रकाशित मितिः असार ४, २०८१
  • 705 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, असार ४–खोटाङ यातायात प्रालिले गाडी छुट्ने समय परिवर्तन गरेको छ । रात्री सेवाका गाडीहरू बाटैमा बास बस्नु पर्ने वाध्यताले यात्रुलाई असुविधा भएकाले लामो दूरीका सवारी साधन बास नबसी गन्तव्य पुग्ने गरी छुटाउने भएको हो ।
खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङका अनुसार असार ५ गतेदेखि लागू हुने गरी दिउसो साडे तीन बजे छुट्ने काठमाडौंको गाडी दिउसो १ बजे नै छुट्ने भएको हो । काकडभिट्टाका लागि दिउसो एक बजे छुट्ने गाडी भने दुई बजे छुट्ने हिङ्माङको भनाई छ । खोटाङ यातायात प्रालिको यो निर्णयप्रति यात्रु पनि खुसी छन् । तर लामो दूरीमा एकै जनाले सवारी चलाउनु पर्ने वाध्यताले सवारी जोखिम भएको गुनासो छ । यसप्रति सम्वन्धित निकायको ध्यान जान जरुरी छ ।
भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित