नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार ३–सन् २०२५ लाई मुन्दुम ट्रेल भ्रमण वर्षका रूपमा मनाउने तयारी गरिएको छ । पर्यटन बोर्डमा असार ३ गते भएको एक कार्यक्रममा मैयुङ टेम्के साल्पा सिलिचुङ टुरिजम प्रोमोसन सेन्टरका अध्यक्ष रमेशकुमार राईले सन् २०२५ लाई मुन्दुम ट्रेल भ्रमण वर्ष मनाउने तयारी गरिएको जानकारी गराएका हुन् ।
सात वर्षदेखि ट्रेलको प्रबद्र्धन र प्रचारप्रसार गर्दै आएकामा सन् २०२५ मा आन्तरिक तथा बाह्य गरी एक लाख पर्यटक भित्राउने लक्ष्यसहित भ्रमण वर्ष मनाउन लागिएको राईले बताए । त्यसका लागि खाना, बस्न, खानेपानी, शौचालय, पार्टी–पौवा लगायत संख्या बढाउन र सेवा सुविधा थप्न आवश्यक छलफल भइरहेको राईले जनाए । ‘पर्यटकका लागि अत्यावश्यक सेवा सुविधा थप्नुपर्ने आवश्यकता छ,’ राईले भने–‘सूचना तथा उद्धार केन्द्र स्थापनादेखि अन्य व्यवस्थापकीय काममा ध्यान दिनुपर्नेछ ।’
भ्रमण वर्षको मुख्य आकर्षणमा गोठस्टे, सुन्तला, धामी, साकेला उभौली र उधौली, रुद्राक्षलगायत महोत्सव आयोजना गरिने राईको भनाई छ । मुन्दुम ट्रेल किरात समुदायको सघन बसोबास रहेको खोटाङ, भोजपुर, सोलुखुम्बु, सङ्खुवासभा लगायत पर्यटकीय क्षेत्रहरू पर्दछन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित