रामधन राई–
काठमाडौं, असार १–खोटाङमा जन्मिएर नेपाली गायन तथा संगीत क्षेत्रमा जम्न सफल रोशन राई (पालुवास्टार)को अर्को गीत ‘दुई थुङ्गा फूल’ सार्वजानिक भएको छ । २०६० सालमा ‘म आकाशबाट खसेको तारा...’ बोलको गीतबाट सांगीतिक भीडमा प्रवेश गरेको उनले आफ्नो दर्जनौं गीतको सफलतापछि ‘दुई थुङ्गा फूल’ सार्वजानिक गरेका हुन् ।
दिपु्रङ चुइचुम्मा गाउँपालिका–७ टेम्मामा जन्मेर सानै उमेरदेखि सांगीतिक संसारमा रमाउँन सुरु गरेका पालुवास्टारको ‘दुई थुङ्गा फूल’को गीति भिडियो स्वयम् गायककै युट्युब च्यानल मार्फत रिलिज भएको छ । राई काजी चाम्लिंङको शब्द–संगीत र लकेश चाम्लिंङको एरेन्ज रहेको उक्त गीत अब्बल बनेको गीतसंगीतकर्मीको प्रतिक्रिया छ ।
हसन राईको प्रस्तुतिमा बनेको ‘दुई थुङ्गा फूल’को भिडियोमा कलाकारहरु जीवन भट्टराई र समापिका गौतमको अभिनय छ । लक्ष्मी बर्देवाको अवधारणा र जीवन भट्टराईकै निर्देशन रहेको गीति भिडियोमा वियोगान्त प्रेमकथा प्रस्तुत गरिएको छ । बुद्ध थापाको सिनेमाटोग्राफी र विष्णु खड्काको कलर ग्रेडिंङ तथा सम्पादनमा भिडियो तयार भएको हो ।
यसअघि पालुवास्टारको तिमीलाई मैले, तिम्रो शरीर चाहिँदैन, कथा मेरो, ख्यालठट्टा पो रैछ, मेरो प्यारो खोटाङ, तिमीसित मायाँ गर्दा, जीवनमा एउटै...आदि बोलका गीतहरूले चर्चा बटुलिसकेको छ ।
बाल्यकालमा राम्रो गीत गाएकै कारण जिल्लाको तत्कालीन सदरमुकाम दिक्तेलबजारस्थित माउण्ट एभरेष्ट इङलिस सेकेण्डरी बोर्डिङ स्कुलले माध्यमिक तहसम्म निःशुल्क अध्ययन गर्ने अवसर समेत दिएका थिए । गायनकै माध्यमबाट देशविदेशका विभिन्न मञ्चहरूमा अब्बल प्रस्तुति दिइरहेका पालुवास्टार गायनसंगै संगीतमा समेत स्थापित नाम हुन् । जीवनलाई गीत–संगीतमै समर्पण गर्ने गायक तथा संगीतकार उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–जिल्लाक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित