प्याजमा आत्मनिर्भर बन्दै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका

  • प्रकाशित मितिः जेठ ३१, २०८१
  • 795 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, जेठ ३१–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा प्याज उत्पादनमा बृद्धि भएको छ । नगरपालिकालाई प्याजमा आत्म निर्भर बनाउँने उद्देश्यले किसानलाई प्रोत्साहन गरेपछि, उत्पादनमा बृद्धि भएको हो ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीका अनुसार ‘उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम’ सञ्चालन गरेर उत्पादन बढाइएको हो । यो कार्यक्रम अन्तगत किसानलाई सूचीकृत गरी, प्याजको विऊ वितरण गरेको र उनीहरूले यो वर्ष करिब २० हजार केजी प्याज उत्पादन गरेको जैसीले बताए । सूचीकृत भएका किसानहरूले उत्पादन गरेको प्याजको प्रतिकेजी पाँच रूपैयाँका दरले अनुदान दिनका लागि प्रक्रिया बढाइएको जैसीले बताए । अन्य बालीमा बादरले क्षति गरेका ठाउँमा विकल्पको रूपमा प्याजलाई प्रबद्र्धन गर्ने लक्ष्यले, २५ प्रतिशत अनुदानमा तीन सय ५० केजी प्याजको विऊ वितरण गरिएको समेत जैसीको भनाई छ ।
किसानले उत्पादन गरेको प्याज, नगरपालिकाको कृषि एम्बुलेन्समार्फत, बजारसम्म पु¥याउँने व्यवस्था गरेको जैसीले बताए ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा वार्षिक दुई करोड रूपैयाँ बराबरको प्याज आयात हुने गरेको र त्यसबाट हुने पूजी पलायनलाई रोक्नका साथै, किसानको आयआर्जनको मेसो बसाउन आगामी वर्ष प्याज उत्पादनमा बृद्धि गरी नगरलाई प्याजमा आत्म निर्भर बनाइने, नगरउपप्रमुख विसन राईले बताए ।
यसबारेमा भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित