आफन्तबाटै असुरक्षित

  • प्रकाशित मितिः फाल्गुन २६, २०७५
  • 1307 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, फागुन २६–एक युवतीलाई जबरजस्ती करणी गर्न खोजेको अभियोगमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ४० वर्षीय निरकुमार विश्वकर्मा फागुन १७ पक्राउ परे । फागुन १३ गते दिउसो तीन चार बजेतिर घरैमा जबरजस्ती करण गर्न खोजेपछि पीडितको जाहेरीको आधारमा पक्राउ परेका हुन् । यद्यपि यो केस मिलाउने कोशिसले ढिलाई भएको प्रहरीले संकेत गरेको छ । 
यो त एउटा उदाहरण मात्र हो । पछिल्लो समयमा महिला यौनजन्य अपराधलाई विश्लेषण गर्दा आफन्तबाटै असुरक्षित हुने गरेको खोटाङका प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताए । उनका अनुसार यो आर्थिक वर्षमा भएका यौनजन्य अपराधका २० वटा घटनामध्ये १८ वटा यौनजन्य अपराध आफन्त, छिमेकी तथा चिनेजानेबाटै भएको हो । दुई मध्ये एक जना प्रहरीबाटै र एक जना नचिनेका व्यक्तिबाट यौनजन्य अपराध भएको डिएस्पी केसीले सुनाए ।
सामाजिक सञ्जालको दुरुपयोग, आफन्त तथा अभिभावकहरुको बेवास्ता, वैदेशिक रोजगार लगायतले अपराध मौलाएको डिएस्पी केसीको भनाई छ । ‘आफ्ना बालबालिकाप्रति अभिभावकहरुको बेवास्ताले यौनजन्य अपराधका घटना भएको पाइएको छ ।’ डिएस्पी केसीले भने–‘यसका साथै सामाजिक सञ्जालको दुरुपयोग र वैदेशिक रोजगारले समेत यौनजन्य अपराध भएको देखिन्छ ।’
कतिपय घटना सहमतीमै यौनसम्पर्क भएको तर अन्यले थाहा पाएपछि यौन अपराधमा परिणत भएको समेत पाइएको छ । श्रीमान विदेशमा भएको र यौन चाहना पूरा गर्दा कसैले देख्यो भने यौनजन्य अपराधमा परिणत हुने गरेको स्थानीयको भनाई छ । यद्यपि यो विषय भने पुष्टि नहुने डिएस्पी केसीले सुनाए ।
यौनजन्य अपराध न्यूनीकरणमा जनचेतनाले मुख्य भूमिका खेल्ने डिएस्पी केसीको दाबी छ । ‘अभिभावक तथा समाजले राम्रो भूमिका निर्वाह ग¥यो भने यौनजन्य अपराध न्यूनीकरण सम्भव छ ।’ डिएस्पी केसीले भने–‘कतै घटना घटिहाले कानुनी बाटो अपनाउ“न मद्दत गर्नु पर्छ ।’ डिएस्पी केसीले थपे–‘पीडित आफैंले पनि कानुनी दायरामा ल्याउ“नु पर्छ ।’ 
पछिल्लो समय यौनजन्य अपराध बढेको नभई कानुनी दायरमा आएको डिएस्पी केसीको तर्क छ । ‘यौनजन्य अपराध अहिले मात्र होइन पहिले पनि हुन्थ्यो ।’ डिएस्पी केसीले भने–‘सूचनाको पहु“च र कानुनी व्यवस्था र उपचारले गर्दा पनि यौनजन्य अपराध दायरामा आएको हो ।’
खोटाङमा यौनजन्य अपराध बढेपछि प्रहरीले सचेतना अभियानै सञ्चालन गरेको छ । विभिन्न विद्यालय तथा सार्वजनिक स्थलहरुमा लैंगिक हिंसा, साइबर क्राइम, लागू औषध लगायका विषयमा सचेतना अभियान सञ्चालन गरिएको छ । यस अन्तरगत करिब ३५ ठाउ“मा यो कार्यक्रम सम्पन्न भइसकेको डिएस्पी केसीले सुनाए । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्लाका सबै पालिकाहरुसंग संझौता भएको र त्यसै अनुसार अभियान भइरहेकाले यसले पनि यौनजन्य अपराध न्यूनीकरणमा सहज भएको डिएस्पी केसीले सुनाए । यद्यपि स्थानीय तहले सामाजिक विकास अन्तरगतका कार्यक्रमहरुप्रति भने चासो नदेखाएको स्थानीय बुद्धिजीबीहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित