लैङ्गिक समावेशिता, सामाजिक समावेशीकरणसम्वन्धी अन्तरक्रिया

  • प्रकाशित मितिः जेठ २७, २०८१
  • 603 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, जेठ २७–दलित महिला केन्द्र नेपालले लैङ्गिक समावेशिता, सामाजिक समावेशीकरणसम्वन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । जेठ २७ गते दिक्तेलको थ्रीब्रदर्श होटलमा भएको कार्यक्रममा राजनीतिक दलका प्रशिक्षण विभागका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दल तथा भातृ संगठनका महिला नेतृहरू, निर्वाचित महिला सदस्यहरू लगायतको सहभागी थिए ।
कार्यक्रमका सहभागीहरूले वर्तमान संविधानमा उल्लेख भएका महिलाहरूको अधिकार सुनिश्चित गरिनु पर्ने धारणा राखेका छन् । उपस्थित राजनीतिक दलका नेताहरूले आफ्नो पार्टीमा महिलाको उपस्थिति उल्लेख्य भएको बताएका छन् । दलित महिला नेपालकी अध्यक्ष तथा पूर्वसांसद लक्ष्मी परियार, महासचिव गौरा नेपाली लगायतले आफ्नो धारणा राखेकी थिइन् ।
राजनीतिमा महिलाहरूको सहभागिता सुनिश्चितता गर्न, राजनीतिक दलको महिलाहरूको क्षमता तथा नेतृत्व विकासका लागि अपनाएको रणनीति, राजनीतिक दलभित्र हुने महिला हिंसालाई न्युनीकरण लगायतको विषय छलफल गर्न कार्यक्रम आयोजना गरिएको शी–लिड्स कार्यक्रमका जिल्ला संयोजक मिलन चाहारले बताए ।
उनका अनुसार दलित महिला केन्द्र नेपालले कोसी प्रदेशको झापा, मोरङ, सुनसरी, ओखलढुङ्गा र खोटाङ गरी पाँच जिल्लामा शी–लिड्स कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसअन्तरगत योजना तर्जुमा, भाषण कला, प्रस्ताव लेखन, जलवायु परिवर्तन, लैङ्गिक हिंसा, लैङ्गिक समानता तथा समावेशीकरण लगायतका विभिन्न विषयमा तालिम दिदै आएको चाहरे सुनाए । यसले महिलाहरूको क्षमता विकास भइ नीति निर्माण तहसम्म पुग्ने र समतामुलक समाज निर्माण हुने चाहारको भनाई छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित