चिसापानीको बजार ढलान अलपत्र (भिडियो सहित)

  • प्रकाशित मितिः जेठ २७, २०८१
  • 822 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, जेठ २७–जन्तेढुङ्गा गाउँपालिकाको चिसापानी बजार ढलानको काम अलपत्र परेको छ । आगामी असार १५ गतेसम्म सक्नुपर्ने गरी ठेक्का लिएको निर्माण कम्पनीले काम नगरेपछि अलपत्र परेको हो ।
कोसी प्रदेश सरकार अन्तरगत शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय ओखलढुङ्गा माफर्त २५ लाख रूपैयाँको बजेटमा सक्ने गरी बि एण्ड बि निर्माण सेवाले ठेक्का लिएको हो । २०८१ असार १५ गतेभित्र सक्ने गरी २०८० चैत २५ गते संझौता गरेको थियो । तर काम भने अझै सुरु नभएको गाउँपालिका अध्यक्ष अरुणादेवी राईले बताइन् ।
उक्त निर्माण सेवाले नै चिसापानी बजारमै ढल निर्माणको काम जिम्मा लिएर अलपत्र पारेको छ । पाँच लाख रूपैयाँको बजेटमा २०८१ असार १० गतेभित्र सक्ने गरी २०८० चैत २५ गते नै संझौता भएको थियो । स्थानीयतहसंगको सहकार्यमा बाहेक, प्रदेश र संघबाट सञ्चालन हुने योजनाहरू सम्वन्धित स्थानीय तहसंग समन्वय नगर्ने भएकाले समस्या आएको राईको भनाई छ ।
निर्माणमा संलग्न कृष्ण कोइरालाले भने अब छिट्टै नै काम थाल्ने बताएका छन् । स्थानीयले भने ठेकेदारले गर्छु मात्र भन्ने गरेको तर काम भने ढिलासुस्ती हुने गरेको बताएका छन् । विकासमा हुने यस्ता खाले ढिलासुस्तीप्रति सम्वन्धित निकायको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित