सविना अछामे–
खोटाङ, जेठ २६–दिक्तेलमा राष्ट्रिय बाँस सम्मेलन आयोजना गरिने भएको छ । व्यवसाय, उद्योग तथा पर्यावरणसंग जोडेर बाँसको प्रबद्र्धन गर्ने उद्देश्यले आगामी कात्तिक पहिलो साता सम्मेलन आयोजना गरिने भएको हो ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईका अनुसार कात्तिक २ देखि ४ गतेसम्म उक्त सम्मेलन गरिने भएको हो । बहुउपयोगी बाँसबाट विभिन्न सामग्री उत्पादन गरी आयआर्जनमा समेत टेवा पु¥याउँनका साथै माँझकिरात खोटाङमा सांस्कृतिक रूपमा पनि उपयोग गरिने भएकाले राष्ट्रिय बाँस सम्मेलन आयोजना गरिने तयारी गरिएको भट्टराईले बताए । किराती समुदायमा प्राचीन कालदेखिनै बाँसबाट बनेको विभिन्न सामग्रीहरू उपयोग गरिदै आएको र यसबाहेक व्यवसायिक रूपमा पनि बाँसबाट बन्ने विभिन्न सामग्री उत्पादन गर्न सकिने भएकाले यसको प्रबद्र्धनका लागि राष्ट्रिय बाँस सम्मेलन गर्ने तयारी गरिएको भट्टराईले बताए ।
सम्मेलनले बाँसको महत्वलाई बुझाउँदै पर्यावरण संरक्षण, शीप विकास, रोजगारीको समेत सिर्जना हुने भट्टराईको भनाई छ । उक्त सम्मेलनमा बाँसको क्षेत्रमा सोधकर्ता, अनुसन्धानकर्ता, बाँस व्यवसायी, कृषक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता हुने भट्टराईले सुनाए । भट्टराईका अनुसार सम्मेलनमा बाँसका विभिन्न प्रजातीहरूको जानकारी, वृक्षारोपण तथा बाँसका सामाग्रीहरूको प्रदर्शनी समेत गरिने छ ।
शनिबार काठमाडौंको बानेश्वरमा भएको छलफलपछि राष्ट्रिय बाँस सम्मेलन गर्ने टुङ्गो भएको हो । उक्त कार्यक्रममा राष्ट्रिय बाँस अनुसन्धान तथा प्रबद्र्धन केन्द्रका अध्यक्ष कृष्णप्रसाद भट्टराई, पूर्व मन्त्री डा.कल्याणी शाह, पूर्वमन्त्री गणेश शाह, काठमाडौं विश्वविद्यालयका बाँस विज्ञ डा. विष्णुमायाँ के.सी, काठमाडौं वन विज्ञान क्याम्पसका उपप्राध्यापक डा. हिमलाल श्रेष्ठ, बाँस व्यवसायी प्रणव श्रेष्ठ, बाँस अनुसन्धान विज्ञ सन्तोष दाहाल, उद्यमी सुनिता म्हेम्हाफुकी, समाजसेवी डा.चिरञ्जिवी भट्टराई, नवकिरण उर्जाका राष्ट्रिय अध्यक्ष गुणराज ढकाल लगायतको उपस्थिति रहेको भट्टराईले बताए ।
तस्बिर सौजन्य : तीर्थराज भट्टराई
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित