दिक्तेलमा सरसफाइ (भिडियो सहित)

  • प्रकाशित मितिः जेठ २६, २०८१
  • 829 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, जेठ २६–खोटाङ यातायात प्रालिको आयोजनामा दिक्तेलमा सरसफाइ गरिएको छ । सडक आसपास फोहर भएकाले जेठ २६ गते अल्छेढुङ्गादेखि रमितेडाडाँसम्म सरसफाइ गरिएको हो ।
उक्त सरसफाइमा यातायातसंग सम्बद्धहरू, याताायत मजदुर संगठनमा आबद्धहरू, ट्राफिक प्रहरी, सामुदायिक सेवा केन्द्र, व्यवयासी, कर्मचारी लगायतको सहभागिता थियो । कार्यक्रममा नेपाल स्वतन्त्र यातायात मजदुर संगठन खोटाङका गुरुप्रसाद ढकाल, व्यवसायी बुद्धिविनोद लुइटेल लगायतले सरसफाइप्रति ऐक्यबद्धता जनाएका छन् ।
सरसफाइलाई निरन्तरता दिने खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए । रत्नपार्कदेखि बेसक्याम्प, अल्छेढुङ्गादेखि हस्पिटलचौकसम्मको क्षेत्रमा पनि सरसफाइ गर्ने उनको भनाई छ ।


यसै अवसरमा ट्राफिक प्रहरीले अभिभावकसंग ट्राफिक प्रहरी कार्यक्रम पनि आयोजना गरेको छ । ट्राफिक नियमको बारेमा जानकारी गराउने उद्देश्यले उक्त कार्यक्रम गरिएको ट्राफिक प्रहरी इन्चार्ज ज्ञानेन्द्र कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित