सविना अछामे–
खोटाङ, जेठ २५–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेलमा, सवारी साधानको जोखिम बढेको समाचारहरू प्रकाशन प्रसारणपछि, खोटाङ यातायात प्रालिले अबदेखि सडक छेउमा पार्किङ नगर्ने निर्णय गरेको छ । जेठ २४ गते खोटाङ यातायात प्रालिको संयोजनमा, विभिन्न प्रालिमा आबद्ध बस, सुमो, अटो लगायतका व्यवसायीहरू र ट्राफिक प्रहरी सहितको सहभागितामा, यस्तो निर्णय भएको हो ।
जिल्ला प्रशासन, प्रहरी, नगरपालिका, जिल्ला समन्वय समिति, यातयात व्यवसायी लगायत बीच, हाइवे तथा मुख्य सडकहरूमा, पार्किङ नगर्ने सहमतीलाई थातिराखेको प्रालिले, समाचारहरू प्रकाशन प्रसारण तथा चौतर्फी विरोध आएपछि, यस्तो निर्णय गरेको यातायात प्रालिका महासचिव रामकुमार हिङमाङको भनाई छ ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको आचार्यगाउँ र वडा नं २ सोल्माको डाडाँगाउँमा स्थानीयले निशुल्क उपलब्ध गराएको जग्गामा, लाखौं खर्च गरेर बनाइएको बसपार्क उपयोग विहीन भएको, तर यातायात साधन भने, सडकमा पार्किङ गर्दा सवारी दुर्घटनाको जोखिम बढेको, स्थानीयले गुनासो गर्दै आएका छन् । दिक्तेलको किरात चौक, अल्छेढुङ्गा, हस्पिटलचौक, बजारका विभिन्न क्षेत्र लगायतका ठाउँहरूमा यत्रतत्र गाडी पार्किङ गर्ने गरिएको गुनासो गर्दै आएका हुन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित