नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ २३–साकेला गाउँपालिकामा सञ्चालन गरिएको अपाङ्गता रोकथाम तथा पुनस्थापनासम्बन्धी घुम्ति शिविरमा दुई सय ८१ जनाले सेवा पाएका छन् । अपाङ्गता भएका व्यक्तिको पहिचान गरी परिचयपत्र वितरण गर्ने उद्देश्यले आयोजना गरिएको शिविरमा उनीहरूले सेवा पाएका हुन् ।
उक्त शिविरमा एक सय १५ जना नयाँलाभग्राहीले अपाङ्गता परिचयपत्र पाएका छन् भने एक सय ७९ जना पुराना लाभग्राहीको प्रतिलिपी जारी गरिएको गाउँपालिकाका सामाजिक शाखाका डिएम चाम्लिङले बताए ।
परिचयपत्र पाइसकेका लाभग्राहीको अद्यावधिक र नयाँ लाभग्राही पहिचानका लागि शिविर आयोजना गरिएको थियो । पालिकाको सबै वडाका लाभग्राहीहरुलाई लक्षित गरी पायक पर्ने ठाउँमा शिविर आयोजना गरिएको थियो । यसअन्तरगत उक्त गाउँपालिका–१ बाँझेच्यानडाँडामा नयाँ लाभग्राही ३९, २ रतन्छामा २३, ३ खिदिमामा १८, ४ मात्तिममा २० र ५ तल्लो मात्तिममा १५ जना नयाँ लाभग्राही सूचीकृत गरी परिचयपत्र पाएका छन् ।
उक्त गाउँपालिकामा (क) वर्गको रातो कार्ड पाउने अपाङ्गता भएका २९, (ख) वर्गको निलो कार्ड पाउने ६४ जना, (ग) वर्गको पहेँलो कार्ड पाउने ४३ जना, (घ) वर्गको सेतो कार्ड पाउने ४१ ज्ना छन् । यसमध्ये (क) र (ख) को रातो र निलो कार्ड पाउनेलाई मात्र सामाजिक सुरक्षा भत्ता उपलब्ध हुने व्यवस्था छ । रातो कार्ड पाउने लाभग्राहीले मासिक ३ हजार ९९० र निलो कार्ड प्राप्त गर्ने लाभग्राहीले मासिक २ हजार १२८ रूपैयाँ सामाजिक सुरक्षा भत्ता पाउदै आएका छन् ।
सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, साकेला गाउँपालिका र करुणा फाउण्डेसनको त्रिपक्षीय लागत साझेदारीमा साकेला गाउँपालिकाको पाँच वटै वडामा अपाङ्गता रोकथाम तथा पुनस्थापना शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित