दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका पूर्ण सुनिश्चितता घोषणा

  • प्रकाशित मितिः जेठ २१, २०८१
  • 569 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, जेठ २१–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका बालबालिकालाई सबै प्रकारका खोप पूरा भएपछि जेठ २१ गते पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । नगर क्षेत्रभित्रका पाँच सय बालबालिकालाई सबै प्रकारका खोप पूरा गरेपछि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले पूर्ण खोप सुनिश्चितता घोषणा गरेको हुन् ।
नगर स्वास्थ्य शाखाका प्रमुख खेमराज आचार्यका अनुसार नगर क्षेत्रभित्रका १५ महिनाभित्रका पाँच सय बालबालिकालाई विभिन्न १३ प्रकारका खोप पूरा भएको छ । उनका अनुसार डिसिजी, पेन्टा, एसपीभी, दादुरा रुवेला, जापानीज इन्सेफ्लाइटिस्ट, टिडी लगायतका १३ प्रकारका खोप पूरा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित