सविना अछामे–
खोटाङ, जेठ २१–१९ औं जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङको आयोजनामा जेठ २१ गते उक्त अन्तरक्रिया कार्यक्रम भएको हो ।
कार्यक्रममा सहभागीहरूले अझै पनि विभेद सहनु परेको, अन्तरजातीय विवाहपछि सामाजिक बहिस्करण खेप्नु परेको, अन्तरजातीय प्रेम सम्वन्धका कारण जन्मिएका बालबालिकाको नागरिकता पाउनबाट बन्चित रहेको, सार्वजनिकस्थल, मन्दिर लगायतका ठाउँहमा समेत विभेद खेप्नु परेको गुनासो गरेका हुन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, राष्ट्रिय मानव अधिकार आयोगकी उप–सचिव गीताकुमारी दाहाल, जिल्ला प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्का, सशस्त्र प्रहरी बल हलेसी गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक कृष्णबहादुर बम, राष्ट्रिय दलित समाज कल्याण संघ जिल्ला शाखा खोटाङका सचिव दीपक ठटाल लगायतका विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित