साकेलामा मेलमिलापसम्बन्धी तालिम सम्पन्न

  • प्रकाशित मितिः जेठ २१, २०८१
  • 573 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ २१–साकेला गाउँपालिकामा देवानी प्रकृतिका विवादहरूलाई सहजीकरण गरी संवादको माध्यमबाट समाधान गर्ने सीपको विकास गर्न मेलमिलापसम्वन्धी आधारभूत तालिम ुसम्पन्न भएको छ । साकेला गाउँपालिका न्यायिक समितिको आयोजनामा गत जेष्ठ १३ गतेदेखि सञ्चालन गरिएको तालिम जेठ २० गते सम्पन्न भएको हो ।
संविधानले नै व्यवस्था गरेको हरेक पालिकामा न्यायिक समितिको गठनले अहिले स–साना झै झगडा र लामो समयदेखि समाधान हुन नसकेका विवादहरु स्थानीय स्तरबाटै अहिले मेलमिलापका माध्यमबाट समाधान भएको र हरेक समाजमा सकरात्मक सन्देश गएको गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले बताए ।
स्थानीय पालिकामा हल हुन नसकेका जटिल प्रकृतिका मुद्घाहरु निरुपणका लागि सम्बन्धित निकायसँग समन्वय गरि फर्छौट गर्ने गरिएको न्यायिक समिति संयोजक तथा उपाध्यक्ष बिर्सिका राईले बताइन् । गाउँपालिकामा न्यायिक समिति र प्रत्येक वडा वडामा मेलमिलाप समिति भएकै कारण पनि गाउँघरमा हुने समस्या समाधानमा सहयोग पुगेको संयोजक राईको भनाई छ । सहभागीहरूले तालिममा सिकेको विषयलाई व्यवहारमा उतारेर गाउँ समाजमा हुने झै झगडा र द्वन्द्व न्यूनीकरणमा सहयोग पुग्ने कुरामा आफू विश्वस्त भएको गाउँपालिका अध्यक्ष राईको भनाई छ ।
तालिममा विवाद द्वन्द्वको अवधारणा र विस्तार, विवाद समाधानका उपाहरू आधारभूत बैकल्पिक, विवाद समाधानमा मेलमिलाप पद्घतिको प्रयोग, अन्तर्राष्ट्रिय सन्दर्भमा मेलमिलाप पद्घतिको प्रयोग, मेलमिलापसम्वन्धी नेपालमा प्चलित कानुनी व्यवस्था लगायतका विषयमा सहजीकरण गरिएको छ ।
तालिममा साकेला गाउँपालिकाका हरेक वडाका ३÷३ जना मेलमिलापकर्ताको साथमा वडा अध्यक्ष र वडा सचिवको सहभागी रहेको तालिममा मानवअधिकार मञ्च नेपाल इलामका गायत्री थेगिम र याम माबोहाङ लिम्बुले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित