नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ १९–भुटानमा आयोजना हुने आठौं दक्षिण एशियाली अन्तर्राष्ट्रिय कराते प्रतियोगिता र ५६ औं राष्ट्रिय कराते प्रतियोगिताको लागि कोसी प्रदेशबाट खोटाङका आठ खेलाडी छनौट भएका छन् । धरानमा जेठ १९ गते सम्पन्न छनौटमा विभिन्न इभेन्टमा खोटाङका आठ खेलाडी छनौट भएका हुन् ।
नेपाल कराते महासंघका केन्द्रीय सदस्य सञ्जयकुमार राईका अनुसार पुरुष ४५ केजी यू १५ मा प्रणयविक्रम राई, ५५ केजी तथा एकलकाता यू २१ मा सूर्यचन्द्र राई, महिला ५४ केजी आयुष्मा राई, ५५ केजीमा विद्याकला राई, माइनस ६८ केजीमा युमासाम राई, पुरुष माइनस ७५ मा रूरीहाङ दुमी र माइनस ८४ केजीमा इश्वरधन राईले स्वर्ण चुम्दै छनौट भएका हुन् ।
त्यस्तै महिला समूहकातामा अनिशा राई, विशुका राई र करुणा राई, कुमिते महिला ४७ केजी (यू १७) मा विशुका राईले रजत पाइन् भने पुरुष एकलकातामा रूरीहाङ दुमीले कास्य पदक पाएका हुन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित