नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ १९–कोशी प्रदेशका प्रमुख परशुराम खापुङले जनताले सङ्घीयताको अनुभूति गर्ने गरी जनप्रतिनिधिहरूले काम गर्नुपर्ने धारणा राखेका छन् । जिल्ला समन्वय समिति महासंघ कोशी प्रदेश समितिले जेठ १९ गते दिक्तेलमा आयोजना गरेको ‘संघीयता सुदृढीकरण तथा संविधान कार्यान्वयन’ विषयक कार्यशालामा बोल्दै वर्तमान संविधानमा उल्लेख अधिकारहरू कार्यान्वयन गर्दै जनताले प्रत्यक्ष रूपमा संघीयताको अनुभूति गर्ने गरी जनप्रतिधिहरूले काम गर्नुपर्ने बताएका हुन् ।
जनताको अपेक्षा पूरा गर्न तीनै तहका सरकार बीच सहकार्य र समन्वय आवश्यक रहेको खापुङले बताए । ‘मूलुकको विकासका लागि स्थानीय श्रोत–साधनलाई भरपुर सदुपयोग गनुपर्छ, स्थानीय श्रोत–साधनको सदुपयोग नभएसम्म विकास सम्भव छैन’ खापुङले भने–‘स्थानीय श्रोत–साधन सदुपयोग गर्न संघीयता सुदृढ ढङ्गले कार्यान्वयन गर्नुपर्छ, संघीयता कार्यान्वयन भएपछि मात्र जनताले खान, बस्न र रोजगारी लगायतका आधारभूत सेवासुविधा प्राप्त गर्न सक्छन् ।’
खापुङले जिल्ला समन्वय समितिको उद्देश्य, लक्ष्य र जिम्मेवारी पूरा गर्न आवश्यक कानुन निर्माणका लागि सम्बन्धित निकायसंग समन्वय गर्ने समेत बताए । ‘जनप्रतिनिधिहरूले जनताको आधारभूत आवश्यकता पूरा गराउन सक्नुपर्छ, यसका लागि तीनै तहका सरकारबीच सहकार्य र समन्वय हुनुपर्छ ।’ खापुङले भने–‘जनताको अधिकार सुनिश्चितता नभएसम्म राष्ट्रिय एकतासमेत बलियो हुँदैन, देशलाई एकताबद्ध बनाएर मुलुकको पहिचान बचाउन जनप्रतिनिधिहरू बीच सहकार्य आवश्यक छ ।’
जनताको अवस्थामा परिवर्तन नआएसम्म देशमा संघीयता कार्यान्वयन भएको नमानिने खापुङले धारणा राखे । ‘भौतिक पूर्वाधारको विकास भए पनि जनताको बाँच्न पाउने अधिकार सुनिश्चित भएको छैन भने त्यो विकास भएको मानिँदैन,’ खापुङले भने–‘जनप्रतिनिधिहरुले भौतिक पूर्वाधारहरूसंगैं जनताको गाँस, बास र कपास सुनिश्चिततामा ध्यान दिन जरुरी छ ।’
प्रदेश प्रमुख खापुङले जनप्रतिनिधिहरुले जनताको शिक्षा, रोजगारी र अधिकारलाई ध्यानमा राखेर अगाडि बढ्नुपर्ने समेत बताए । खापुङले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित मुतरीयाक्सुम जङ्गसिं किरात साकेला थानमा जेठ १९ गते भएको भूमी पूजाको समेत अवलोकन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–जिल्लाक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित