सविना अछामे–
खोटाङ, जेठ १९–जिल्ला समन्वय समितिमा उठेको आन्तरिक आम्दानी आफैंले खर्च गर्न पाउनु पर्ने लगायतका विभिन्न नौ सूत्रीय निर्णय पारित गर्दै जिल्ला समन्वय समिति महासंघ कोसी प्रदेश भेला सम्पन्न भएको छ । कोसी प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्यमा जेठ १९ गते दिक्तेलमा भएको भेलाले जिल्ला समन्वय समितिहरूलाई आइटी अफिसर व्यवस्था गर्नु पर्ने लगायत विभिन्न निर्णय पारित गरेको हो ।
भेलाले प्रदेश तथा संघ सरकारले समन्वय, अनुगमन र सन्तुलनलाई प्रभावकारी बनाउन बजेट व्यवस्था मिलाउनु पर्ने, संघ र प्रदेशले सञ्चडाालन गर्ने आयोजनाहरूको प्रभावकारी बनाउन आवश्यक कानुन निर्माण गर्नु पर्ने निर्णय गरेको छ । कोसी प्रदेशले बनाएको जिल्ला सभा ऐन २०७५ मा जिल्ला समन्वय समितिको काम, कर्तव्य र अधिकारसम्वन्धी कार्यान्वयनको नीति, कार्यविधि बनाउन जिल्लासभालाई अधिकार दिन कानुन परिवर्तन गर्नु पर्ने निर्णयमा उल्लेख छ । प्रदेश सरकाको जिल्लास्थित कार्यालयहरूको संयोजन गर्न जिल्ला समन्वय समितिलाई नेतृत्व दिन अनुरोध गर्ने, जिल्ला समन्वय समितिलाई वित्त आयोगले अनुदान उपलब्ध राउन आवश्यक प्रक्रियामा लैजान अनुरोध गर्ने, जिल्ला समन्वय समितिमा रहेका कर्मचारी दरबन्दी अधिक रुपमा खाली भएकाले यथासिघ्र संघीय मामिला र सामान्य प्रशासन मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरेको छ । भेलामा उपस्थित प्रमुख अतिथि कोसी प्रदेशका प्रमुख परशुराम खापुङ र विशेष अतिथि एबम् विज्ञ डा हरि रोका लगायत अन्य अतिथिहरूलाई धन्यवाद समेत दिएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–जिल्लाक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित